फाइल तस्वीर

राजनीति

सत्तारुढ गठबन्धनको भविष्य एक साताभित्र टुंगो लाग्छ : माधवकुमार नेपाल

By खबरहब

February 19, 2023

काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको भविष्य एक साताभित्र टुंगो लाग्ने बताएका छन् ।

कीर्तिपुरमा आफ्नो पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

संविधान विरोधीदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ ।