आर्थिक

समीट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

By खबरहब

February 19, 2023

काठमाडौँ- समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीकै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कागजपत्र संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा खरिद गर्न आवेदन दिनुपर्नेछ ।

संस्थापकहरुबाट कुनै निवेदन नआएमा तोकिएको समय भित्र अन्य व्यक्तिले समेत आवेदन दिन मिल्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ ।