देश/प्रदेश

पोखरामा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते

By खबरहब

February 19, 2023

काठमाडौँ- पोखरामा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा महानगरपालिका २६ लेखनाथ डाडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित ४२ जना घाइते भएको जनाइएको छ । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले बताए । ‘ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।