सांकेतिक तस्बिर

दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु सहचालक घाइते

By खबरहब

February 19, 2023

काठमाडौँ- दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

जिल्लाको मार्मा गाउँपालिका ३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो ।

कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।