एथलेटिक्स

१६ औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने

By खबरहब

February 19, 2023

काठमाडौँ- १६ औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

नेपाल एथलेटिक्स एसोसिएसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २३ गते बिहीबार एसियन क्रसकन्ट्री च्याम्पियनसिप हुने जानकारी दिएको हो । प्रतियोगिता एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिब ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन् ।

गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटरका कुल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने एथलेटिक्स एसोसियसनका अध्यक्ष राजीव बिक्रम शाहले जानकारी दिए ।