देश/प्रदेश

गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण

By खबरहब

February 19, 2023

काठमाडौँ- नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ ।

आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्मक कृतिको लोकार्पण गरेका हुन् ।

प्रकाशक सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको लोकार्पण समारोहमा समालोचक डा. लेखप्रसाद निरौला र ठाकुर शर्माले २ सय ६० पृष्ठ लामो कृतिको समीक्षा गरेका थिए ।

कृतिमा ३२ वटा समालोचना संग्रहित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, पारिजात, रमेश विकल, हरिभक्त कटुवालसम्मको सिर्जनाको समालोचना लेखक मैनालीले गरेका हुन् ।

समारोहमा कूटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्य, पूर्वमुख्यसचिव विमल कोइराला, डा. गार्गी शर्मा लगायतले लेखक मैनाली र कृतिबारे चर्चा गरेका थिए ।

लेखक मैनालीले आफूले एसएलसी पास गरेपछि नै साहित्यिक समालोचनाको सुरुवात गरेको स्मरण गरे । ‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गर्ने निधो झण्डै चार दशकअघि नै गरेको उनले बताए ।

२०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरेको उनले जानकारी दिए ।