सांकेतिक तस्वीर

समाचार

७३ औँ प्रजातन्त्र दिवसका अवसरमा रक्तदान

By खबरहब

February 19, 2023

काठमाडौँ – नेपाली होटल व्यवसायी सङ्घको आयोजनामा ७३औँ प्रजातन्त्र दिवसका अवसर पारेर गोँगबुस्थित बिजी मलमा रक्तदान गरिएको छ ।

सङ्घले सिद्धार्थ बैंक लिमिटेड गोँगबु शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटीको टोलीले आज बिहान १० देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले रगत अभाव भएका बेलामा सङ्घले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । “रक्तदान पुण्य काम हो, हामीले गरेको रक्तदानले अरू कसैको ज्यान जोगिन सक्छ”, उनले भने । आज आयोजित रक्तदानमा एक सय ५७ जनाले रक्तदान गरेको अध्यक्ष ढकालले बताए ।