तस्विर- समुन्द्र भट्ट

ब्रेकिङ स्टोरी

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला निर्वाचित 

By खबरहब

March 19, 2023

काठमाडौं– चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले पराजित गरेका हुन् । कूल खसेको ४६८ मतमध्ये निरौलाले २३५ मत प्राप्त गरेका थिए त्यसैगरी उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।

 शनिबार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् ।

महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।