फाइल तस्वीर

राजनीति

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै 

By खबरहब

March 19, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बसुन्धारामा बस्न लागेको रास्वपाका प्रवक्ता मुकुल ढकालले बताएका छन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।