तस्वीर- एपी

अन्तर्राष्ट्रिय

इक्वेडोर र पेरुमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु

By खबरहब

March 19, 2023

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक इक्वेडोर र पेरुमा गएको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ । शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पमा परी अरु चार सयभन्दा बढी घाइते भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

इक्वेडरको मचला र कुएन्का शहरमा भवन भत्केका छन् । भत्केका भवनका भग्नावशेषमा सवारी साधन समेत पुरिएको बताइएको छ । केही सवारी साधन कुच्चिएका छन् ।

भूकम्प गएपछि भयभीत बासिन्दा सडकमा दौडिएका थिए । भूकम्पका कारण एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो ।