फाइल तस्वीर

राजनीति

संसदमा प्रधानमन्त्री स्वयंले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्नुपर्ने एमालेका सांसदको माग

By खबरहब

March 19, 2023

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री स्वयंले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्नुपर्ने माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरूले आपत्ति जनाएका थिए ।

उनीहरुले मन्त्री नभई प्रधानमन्त्री स्वयंले विधेयक प्रस्तुत गर्नुपर्ने भन्दै सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री संसदमा भएका बेला मन्त्रीलाई विधेयक प्रस्तुत गर्न लगाएर संसदको अवहेलना गरेको आरोप लगाए । उनले मन्त्रीले विधेयक प्रस्तुत गर्नुको औचित्य पुष्टि गर्न माग गरे ।

यसैगरी, एमालेका अर्का सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने जिकिर गरे ।