आर्थिक

आइतबार सेयर बजार ओरालो

By खबरहब

March 19, 2023

काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा पुगेको हो । आइतबार १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा पुगेको छ । आइतबार ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ ।

मानुसी लघुवित्त बित्तीय संस्था, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

यता, हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ । यता शुभम सिमेन्टको करिब ४ करोडको कारोबार भएको छ । आइतबार १३ उपसूचकहरूमा ५ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।