तस्वीर : माेर्डन घाना

अन्तर्राष्ट्रिय

घानामा डुङ्गा दुर्घटना हुँदा पाँचको मृत्यु

By खबरहब

March 19, 2023

आकारा- दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

ग्रेटर अक्रा क्षेत्रको अडा नजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद् ड्यानियल एडजाक्पाले बताएका छन्  ।

उनले डुङ्गामा क्षमता भन्दा बढी  सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताएका छन् । आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताएका छन् । उद्धारकर्ताहरूले अझै बाँचेको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए ।