देश/प्रदेश

विराटनगरमा पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ

By खबरहब

March 19, 2023

काठमाडौँ- पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।

प्रदेशको नाम कोशी राखिएपछि असन्तुष्टि जनाउँदै विभिन्न समूहले प्रदेशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।