देश/प्रदेश

संसद् सचिवालय र राससबीच सम्झौता

By खबरहब

March 19, 2023

काठमाडौँ- सङ्घीय संसद् सचिवालय र राष्ट्रिय समाचार समिति राससबीच संसद् गतिविधिसम्बन्धी समाचार सङ्कलन/सम्प्रेषण गर्ने विषयमा सम्झौता भएको छ ।

राससले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको समग्र गतिविधि एवम् कार्यक्रमसम्बन्धी समाचार तटस्थ र निष्पक्ष ढङ्ग सम्प्रेषण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

संसद् सचिवालयका तर्फबाट सचिव डा रोजनाथ पाण्डे र राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राईले संसद् सचिवालयमा हस्ताक्षर गरेका हुन् । राससले सङ्घीय संसद् र संसदीय समितिसम्बन्धी समाचार तथा तस्बिर प्राथमिकताका साथ सदैव सम्प्रेषण गर्दै आएको छ ।