अटो

रोयल इनफिल्डको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभको थप दुई शोरुम सञ्चालनमा

By खबरहब

March 19, 2023

काठमाडौँ- नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. को काठमाडौँमा दुई शोरुम सञ्चालनमा आएको छ । काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिक रोयल इनफिल्डको अत्याधुनिक शोरुम सञ्चालनमा आएको हो ।

ती शोरुमको त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तमलाल संघाईले उद्घाटन गरे ।

ती शोरुम ‘बाइकर्स होम’ को अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ । ती शोरुममा बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्रीपछिका सेवाको व्यवस्था गरिएको छ ।

रोयल इनफिल्ड विश्वकै सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो । जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन र वितरण गर्दै आएको छ ।

रोयल इनफिल्डको वितरक अल्फा अटोमोटिभ प्रा. लि. ले हाल नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरीमा शोरुम सञ्चालन गरिरहेको छ ।