तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

भारतसँगको सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : अष्ट्रेलियन विदेशमन्त्री वाङ

By खबरहब

March 19, 2023

काठमाडौँ– अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले भारतसँग आफ्नो मुलुकको सम्बन्धलाई सुदृढ गर्दै लैजाने बताएकी छिन् । उनले भारतसँगको सम्बन्ध निकै महत्वपूर्ण र निकट रहेको उल्लेख गर्दै यसलाई थप विस्तार गर्दै लैजाने बताइन् ।

उनले जी २० मा भारतको अध्यक्षतालाई आफ्नो मुलुकले बलियो समर्थन गर्ने उल्लेख गरिन् । भारतले यो वर्ष विश्वका सबैभन्दा ठूला २० अर्थतन्त्रहरुको समूह जी २० को अध्यक्षता गरिरहेको छ ।

पछिल्लो समय हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढिरहेको सन्दर्भमा अष्ट्रेलिया र भारतबीचको सम्बन्ध सुमधुर बन्दै गएको बताइन्छ । केही समयअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भारतको भ्रमण गरेका थिए ।

जापान र अमेरिकासँगै भारत र अष्ट्रेलिया चारपक्षीय सुरक्षा समूह क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड) का सदस्य मुलुक हुन् ।