तस्वीर- अरब न्युज

अन्तर्राष्ट्रिय

साउदी अरबका विश्वविद्यालयमा योगलाई समावेश गरिने

By खबरहब

March 19, 2023

काठमाडौँ- साउदी अरबको योग समितिले मुलुकमा योग र प्राणायमलाई प्रवर्द्धन गर्न विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ ।

राजधानी रियादमा हालै सम्पन्न ‘अधिराज्यको परिकल्पनामा विश्वविद्यालय खेलकुद’ विषयक कार्यक्रममा साउदी योग समितिकी अध्यक्ष नउफ अलमरवाईले विश्वविद्यालयमा योगलाई समावेश गर्ने विषयमा सम्झौता हुने जानकारी दिएकी हुन् ।

साउदी विश्विद्यालय खेलकुद महासंघको सहकार्यमा विश्वविद्यालयमा योगको प्रवर्द्धन एवम् प्रोत्साहन गरिने अरब न्युज अनलाइनले जनाएको छ ।

साउदी अरबको शिक्षा मन्त्रालय र विश्वविद्यालय खेलकुद महासंघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष अलमरवाईले शारीरिक एवम् मानसिक स्वास्थ्यलाई तन्दुरुस्त बनाउनका लागि साउदी अरबका विश्वविद्यालयमा योगलाई समावेश गर्न लागिएको बताइन् ।