फाइल तस्वीर

ब्रेकिङ स्टोरी

कर्णाली सरकारमा कांग्रेसका तीन मन्त्रीले आज शपथ लिने

By खबरहब

April 19, 2023

सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज शपथ लिँदैछन् । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलबार तीन जनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।

कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्गबहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् ।

सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले शपथ ग्रहण गराउँदै छन्  ।