ब्रेकिङ स्टोरी

प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक जारी

By खबरहब

April 19, 2023

काठमाडौँ – प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक अहिले चलिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको हो । यो सरकार बनेपछि परिषद्को बैठक पहिलो पटक बसेको हो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाअभियोग लागेदेखि हालसम्म सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको छ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दल नेता केपी शर्मा ओली, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थिति रहेको छ ।