ब्रेकिङ स्टोरी

संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे सहमति जुटेन

By खबरहब

April 19, 2023

काठमाडौँ – संवैधानिक परिषद्को बैठक सकिएको छ।

लामो समयदेखि रिक्त प्रधानन्यायाधीश पदमा नियुक्ति प्रक्रिया अघि बढाउन आज बिहान बसेको बैठक निष्कर्षमा नपुगी टुंगिएको हो।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको कानूनमन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बैठकपछि पत्रकारलाई जानकारी दिएका छन्।

प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री खड्का सहभागी थिए ।