फाइल फोटो

राजनीति

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान

By खबरहब

April 19, 2023

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस प्रस्थान गरेका छन् ।

रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उनी बिहान १० बजे रुस प्रस्थान गरेका हुन् ।

उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी दिएका छन् ।

साथै भ्रमणमा दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी लिने/दिने र संसदलाई प्रभावकारी बनाउन एक अर्काबाट सिक्ने बताएका छन्

अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।