तस्बिर : रासस

ब्रेकिङ स्टोरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान-अवतरण बन्द 

By खबरहब

April 19, 2023

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार  ६ घण्टा उडान अवतरण सेवा बन्द हुने भएको छ ।

विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो ।

विमानस्थल कार्यालयले एक सूचना प्रकाशित गरी अनलाइन यूपीएस जडान गर्दा विद्युत् आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने जनाएको छ । 

उक्त सूचनाअनुसार उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुलाई अनुरोध गरेको छ ।