फाइल फोटो

राजनीति

अनैतिकता समाप्त गर्न समाजवादी व्यवस्था आवश्यक : झलनाथ खनाल

By खबरहब

April 19, 2023

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा देखिएका अनैतिकताहरु समाप्त हुने बताएका छन् ।

बुधबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा खनालले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताए । उनले आफ्ना पार्टीका संगठनहरुको चरित्र समाजवादी चरित्र भएको जिकिर गरे । उनले आजको शिक्षा प्रणालीले जनताले चाहेको शिक्षा नपाईरहेको भन्दै समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने धारणा राखे । ठोस कार्यदिशाका साथ संगठनलाई अघि बढाउनका लागि अनेरास्ववियुलाई उनले निर्देशन दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले मुलुकको राजनीति भाँडिएका कारण जनतामा निराशा छाएको भन्दै यसलाई सही दिशामा ल्याउनुपर्ने अवस्था आएको बताए ।

उनले अव व्यक्ति केन्द्रित नभइ देश र जनतालाई हितमा राखेर राजनीतिलाई अघि बढाउनुपर्ने भन्दै यसलाई युवा विद्यार्थीहरूले गहन रुपमा महसुस गर्नुपर्ने जिकिर गरे ।