फाइल तस्वीर

राजनीति

उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आग्रह

By खबरहब

April 19, 2023

काठमाडौँ– निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन आयोगले अनुरोध गरेकाे छ ।

बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई उक्त अनुरोध गर्ने निर्णय गरेको हो ।