फाइल तस्वीर

राजनीति

उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

By खबरहब

April 19, 2023

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गरेका छन् । आज एक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रपतिको सुस्वास्थ्य एवं शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि आज भारत प्रस्थान गरेका छन् । उनको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उनलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल गएका हुन् ।