खेलकुद

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुने

By खबरहब

April 19, 2023

काठमाडौँ- जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

अशोक खड्का र नन्द विष्ट जापानको ओसाका सहरमा हुने प्रतियोगितामा भाग लिन लागेका हुन् । नेपाली तेक्वान्दो टोली बिहीबार जापान प्रस्थान गर्नेछ । सो प्रतियोगिता वैशाख ९ देखि ११ गतेसम्म हुने जनाइएको छ । 

खड्काले पुम्से खुल्लातर्फ र विष्टले अन्डर ४० पुम्सेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसैगरी अशोकले गेरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्ने भएका छन् ।

खड्काले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।