ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

By खबरहब

May 19, 2023

काठमाडौँ– मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । बैठक ४ बजेका लागि बोलाइएको छ ।