सांकेतिक तस्वीर

देश/प्रदेश

खाँदबारीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

By खबरहब

May 19, 2023

किमाथांका – सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए । 

आज बिहान को २ त ३२१६ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । 

ट्र्याक्टर चालक मकालु गाउँपालिका–१ का २४ वर्षीया तीर्थसिंह तामाङ फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर चालक तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।