ब्रेकिङ स्टोरी

वैदेशिक रोजगारीमा जाने युवालाई लगानी गर्न प्रेरित गरिने

By खबरहब

May 19, 2023

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निजी तथा सरकारी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने जानकारी दिएका हुन् । 

सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याउने भएको हो ।