अपराध

सशस्त्रद्वारा अवैध सामान बरामद 

By खबरहब

May 19, 2023

रौतहट – सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट जेठ ५ गते सशस्त्र प्रहरीले करिब १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको हो ।

साइकलमा राखी अवैधरूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

यसैगरी, सोही जिल्लाको राजपुर नगरपालिका ६ कुडिया स्थित पानी ट्याङ्की नजिकबाट जेठ ४ गते सशस्त्र प्रहरीले करिब ४ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको मलखाद बरामद गरेको छ ।

सोही ठाउँको स्थानीयले संचालन गरेको पसलमा अवैधरूपले भण्डारण गरी राखेको उल्लेखित मूल्यको ४ सय ६६ बोरा मलखाद नम्बर ११ गण रौतहटले बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।