प्रतिकात्मक तस्बिर

ब्रेकिङ स्टोरी

ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने 

By खबरहब

May 19, 2023

काठमाडौं– अबदेखि स्वास्थ्य संस्थामा ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने  बताएका हुन् ।

त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपछि सरकारले बीमालाई थप व्यवस्थित गर्न पुनरावलोकन गर्न लागेको हो ।