अन्तर्राष्ट्रिय

भारतको केन्द्रीय बैंकले दुई हजार दरका नोट फिर्ता लिने

By खबरहब

May 19, 2023

नयाँ दिल्ली- भारतको केन्द्रीय बैंकले दुई हजार रुपैयाँ दरका नोट बजारबाट फिर्ता लिने घोषणा गरेको छ ।

भारतीय रिजर्भ बैंकले बैंकहरुलाई ग्राहकका लागि तत्कालै लागू हुनेगरी २ हजार दरका नोट जारी नगर्न निर्देशन दिएको हो । रिजर्भ बैंकका अनुसार यही मे २३ देखि कुनै पनि बैंकमा गएर २ हजारका नोट अन्य दरका नोटसँग साट्न सकिने जनाएको छ ।

भारतीय रिजर्भ बैंकले यही वर्षको सेप्टेम्बर ३० सम्म २ हजार दरका नोट बैंकमा जम्मा गर्न सकिने जनाएको छ । यद्यपि यी नोटहरु सेप्टेम्बर ३० पछि पनि बजारमा प्रयोग गर्न सकिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।