ब्रेकिङ स्टोरी

नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरक कम्पनीको निर्णय

By खबरहब

June 19, 2023

काठमाडौँ– भारतीय चलचित्र ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको छ ।

कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रूपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । यो निर्णयसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ ।

काठमाडौँ महानगरपालिकाले आफ्नो नगरभित्र आजबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो ।

‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौँ महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीन दिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले आजबाट प्रदर्शनमा रोक लगाएको थियो ।

रोक लगाइएको आधिकारिक पत्र आउनुअघि नै हल व्यवसायीले फिल्म प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै वितरक कम्पनी ब्यांकटेसले नेपालभरबाट फिल्म उतार्ने निर्णय गरेको हो ।