अन्तर्राष्ट्रिय

ट्युनिसियाबाट ३९ जना कागजातविहीन आप्रवासीको उद्धार

By खबरहब

June 19, 2023

ट्युनिस- ट्युनिसियाको नौसेनाले कागजात नभएका आप्रवासीहरूको ३९ जनाको एक समूहलाई उद्धार गरेको जनाएको छ ।

दक्षिणपूर्वी प्रान्त स्फ्याक्सको तटबाट विभिन्न अफ्रिकी देशका उनीहरूलाई नियन्त्रणमा लिइएको राष्ट्रिय सुरक्षा बलका प्रवक्ता होउसेमेडाइन जेबाब्लीले आइतबार बताएका छन्।

जेबाब्लीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘स्फ्याक्सको लुआटाको तटमा शनिबार अबेर राति उद्धार कार्य गरिएको थियो ।’ उद्धारका क्रममा राष्ट्रिय नौसैनिक सुरक्षा बलका एक अधिकारीलाई आप्रवासी रहेको डुङ्गाबाट ढुङ्गाले आक्रमण गरेको तर उनीहरूलाई सकुशल नियन्त्रणमा लिइएको उनले बताए ।

मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूले प्रयोग गर्ने युरोपको पहुँचको मुख्य बिन्दुहरू मध्ये एक हो ।

ट्युनिसियाली तटहरूबाट इटालीतर्फ सामान्यतया अनुकूल मौसमको कारण गर्मीको समयमा आप्रवासनमा जानेको सङ्ख्यामा अत्यधिक वृद्धि हुने गर्छ ।