धेरै समयपछि श्रीलङ्काको राजधानी कोलम्बोमा मानिसको भीड देखिन थालेको छ। सडकमा सवारी साधन गुडेका छन्। रेस्टुरेन्टहरू विदेशी र स्वदेशी दुवै किसिमका ग्राहकहरूबाट भरिएका छन्। पसलमा पनि मानिसको भीड लाग्न थालेको छ। एक वर्ष अघिको कल्पना गर्ने हो भने यो त्यही श्रीलङ्का हो र भन्ने पनि लाग्नसक्छ।
एक वर्ष अघि वैदेशिक मुद्राको अभावमा देश तड्पिएको थियो। पेट्रोलियम पदार्थ खरिदका लागि देशमा पैसा नै थिएन। महामारी कालको जस्तो वर्क फ्रम होमको अवधारणामा श्रीलङ्का जान पर्ने अवस्था आएको थियो। तर, त्यो पनि त्यत्ति धेरै व्यावहारिक थिएन। सो समयमा जस्तो धेरै जस्तो विद्युतीय आपूर्तिको समस्या हुन्थ्यो। दैनिक १३ घण्टासम्म विद्युत् सेवा बन्द थियो।
एक वर्षपछि औषधि, खाद्यान्न र अति आवश्यक वस्तु पाइन थालेको छ। ऊर्जा संकट छैन। विद्यालय र कार्यालय सुचारु भएका छन्। बाटोमा सार्वजनिक यातायातका साधन घुइँकी रहेका छन्। रेस्टुरेन्टको चहलपहल त झन् अर्कै छ।
औषधि, खाद्यान्न लगायत वस्तुको पनि अभाव नै थियो। यसका लागि तातो घाममा पनि लाम बस्नुपर्ने बाध्यता थियो। यस्तो समयमा धेरै बुढापाकाको ज्यानसमेत गएको थियो। एक वर्षपछि औषधि, खाद्यान्न र अति आवश्यक वस्तु पाइन थालेको छ। ऊर्जा संकट छैन। विद्यालय र कार्यालय सुचारु भएका छन्। बाटोमा सार्वजनिक यातायातका साधन घुइँकी रहेका छन्। रेस्टुरेन्टको चहलपहल त झन् अर्कै छ।
कोलम्बोमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका चतरा अरानाइके विगतको पीडादायक अनुभव अझै सम्झन्छन्। एक वर्ष अघि कुनै पनि ग्राहक नआएका कारण उनले रेस्टुरेन्ट बेच्ने तयारी गरेका थिए। तर रेस्टुरेन्ट किन्न पनि काहीँ तयार भएनन्। उनको रेस्टुरेन्टको क्षमताको ७० प्रतिशत ग्राहक आउन थालेका छन्। उनका लागि यो साँच्चै अभूतपूर्व सफलता नै हो।
युवाहरूको देश छाड्ने चाहना बढ्दो छ। सन् २०२२ मा तीन लाख ११ हजार दुई सय ६९ जनाले देश छोडे। यो श्रीलङ्काको इतिहासमा पहिलो पटक हो।
श्रीलङ्काको मुख्य आम्दानीको श्रोत पर्यटन व्यवसाय हो। यो व्यवसायमा विस्तारै सुधारको अवस्था आइरहेको छ। गत वर्षको भन्दा ३० प्रतिशतले व्यापार हुन थालेको छ। ‘यो रिकभरी हाम्रा लागि नाटकीय भएको छ। गत वर्ष त हाम्रो देश जिउँदो रहन्छ भन्ने कुरामा नै शङ्का थियो, ’ त्यहाँका प्रमुख हस्पीटालीटी तथा ट्राभल कम्पनी जेटविङ सिम्फोनीका कायकारी प्रमुख हिरन कोरीले भने।
जनजीवन तथा सडक र बजारमा हेर्दा सुधारका सङ्केत देखिए पनि श्रीलङ्काको अर्थतन्त्रमा केही दुखद पक्ष बाँकी नै छन्। घरेलु र बाह्य गरी ८० बिलियन अमेरिकी डलर ऋण छ। गत वर्षको खराब आर्थिक अवस्थाका कारण इतिहासमै पहिलो पटक धेरै सुचांक खराब अवस्थामा छन्। व्यापक विरोधपछि गोटबाय राजपाक्षेले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति भएका रणिल विक्रमासिघेंले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफएफ)सँग २ दशमलव ९ विलियन अमेरिकी डलर प्राप्त गरेपछि त्यहाँको अर्थतन्त्रले जीवन पाएको हो।
एसियामै आर्थिक उन्नतिको उपमा बनेको श्रीलङ्काको एक वर्ष अघिको त्यो नाटकीय पतन संसाकै लागि चासोको विषय बनेको थिय। भौतिक संरचनाको पुननिर्माण तथा निःशुल्क शिक्षा र स्वास्थ्य श्रीलङ्काका विशेषता बनेका थिए।
घरेलु ऋणको पुर्नसंरचनाको कारण त्यहाँको अर्थतन्त्रले केही नयाँ बाटा भने खुलेका छन्। ५० प्रतिशत ऋण घरेलु भएको समयमा श्रीलंंकाको सरकारले गत महिना यसको पुन संरचनाका लागि नयाँ नीति लिएको हो। कामदारको पेन्सन कट्टाको यो निर्णयको अहिले व्यापक विरोध भएको छ।
यी अनेकन् कारण जनजीवन फेरि सही बाटोमा गएको जस्तो देखिए पनि मानिसहरू सङ्घर्ष गरीरहेका छन्। धेरै सामान सहजै पाइन्छ। तर, तीनको मूल्य अहिलेसम्मकै धेरै छ। धेरै घरको कुल कमाइको ७० प्रतिशत खाद्यान्नमा मात्र खर्च हुन्छ। खाद्यान्न, कपडा र घर भाडाको मूल्य प्रत्येक दिन नै बढी रहेको छ।
आयकर बढेर ३६ प्रतिशत पुगेको छ। खाद्यान्नदेखि हरके वस्तुमा दिइएको सुविधा हटाइएको छ। विद्युत महसुलमा ६५ प्रतिशत मूल्य दर कायम गरिएको छ। निजी थिङ्क ट्याङ्क भेराइट रिसर्चमा आबद्ध वरिष्ठ अर्थशास्त्री मलाथी नाइटका अनुसार धेरै मध्यम वर्गीय परिवार अहिले गरिबिको रेखामुनी पुगी सकेको बताउँछन्। विश्व बैङ्कका अनुसार यो अवस्था अझ कायम नै रहनसक्छ।
श्रीलङ्काको खराब अवस्थाको एउटा मूल कारण चिनियाँ बीआरआई परियोजना हो। यो परियोजना लागू भएका संसारका अन्य देशमा झै श्रीलङ्कामा पनि सङ्कटको बादल मडारिँदै गएको हो।
विश्व बैङ्कले तयार पारेको रिपोर्ट अनुसार गरिबीको दर अबका केही वर्ष २५ प्रतिशत भन्दामाथि रहन सक्छ। जीवन यापनमा रहेका धेरै समस्याका कारण यो अवस्था देखिएको हो। बैंकले नै श्रीलङ्कामा थप सात सय मिलियन ऋण प्रवाह गरेको छ। यसमा दुई सय मिलियन डलर गरिब तथा असक्तका लागि हो। युवाहरूको देश छाड्ने चाहना बढ्दो छ। सन् २०२२ मा तीन लाख ११ हजार दुई सय ६९ जनाले देश छोडे। यो श्रीलङ्काको इतिहासमा पहिलो पटक हो। यसरी देश छाड्नेमा चिकित्सक ,प्यारा मेडिकल तथा आइटी विज्ञ छन्। त्यहाँका रेस्टुरेन्ट व्यवसायी एकनवायके बारम्बार विज्ञापनका बाबजुद सेफ नभेटिएको बताउँछन्। गत वर्ष उनको रेस्टुरेन्टमा १४ जना काम गर्थे भने अहिले दुई जना मात्र कम गर्छन्।
एसियामै आर्थिक उन्नतिको उपमा बनेको श्रीलङ्काको एक वर्ष अघिको त्यो नाटकीय पतन संसाकै लागि चासोको विषय बनेको थिय। भौतिक संरचनाको पुननिर्माण तथा निःशुल्क शिक्षा र स्वास्थ्य श्रीलङ्काका विशेषता बनेका थिए।
सरकारले कोभिड महामारी र यसपछि पर्यटन व्यवसायमा आएको धराशायी अवस्थालाई आरोप लगाएको छ। तर लोकप्रिय हुनका लागि गरिएको केही निर्णय घातक भए। सन् २०१९ मा करमा कटौती गर्ने निर्णयले सरकारलाई धेरै घाटा लगाएको थियो। रसायनिक मल भित्र्याउन गरेको निर्णयले उत्पादनमा कमी ल्याएको थियो।
महंगो ब्याजदरमा पैसा लगानी गरेर आफ्नै अनुकूलको परियोजना तयार गर्ने चिनियाँ नीतिको जालमा श्रीलङ्का परेको नकार्न मिल्दैन।
केही संस्थाको निजीकरण गर्ने निर्णय त्यहाँका जनताका लागि पाच्य थिएन। यसले बेरोजगारीमा पुगेको मध्यम वर्गीय परिवारमा झै ठुलो असन्तुष्टि निम्त्याएको छ। विद्रोह बढ्दै गए पनि सरकाले बल नै प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। सो प्रयासलाई पनि त्यहाँका जनताले सहजतापूर्वक स्वीकार गरेनन्। सरकार हार खाएर राष्ट्रपति नै भाग्नु पर्ने अवस्था आएको थियो।
श्रीलङ्काको खराब अवस्थाको एउटा मूल कारण चिनियाँ बीआरआई परियोजना हो। यो परियोजना लागू भएका संसारका अन्य देशमा झै श्रीलङ्कामा पनि सङ्कटको बादल मडारिँदै गएको हो। महंगो ब्याजदरमा पैसा लगानी गरेर आफ्नै अनुकूलको परियोजना तयार गर्ने चिनियाँ नीतिको जालमा श्रीलङ्का परेको नकार्न मिल्दैन। स्रोतः बीबीसी