ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद बैठकका निर्णयहरू 

By खबरहब

July 19, 2023

काठमाडौँ– सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सञ्चालक समितिको सदस्यमा डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

बैठकले साउन ७ गतेदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को इटाली भ्रमणलाई समेत स्वीकृत गरेको छ ।

जुलाई २४, २५ र २६ (साउन ८,९ र १०)मा इटालीमा हुने समिटमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल पनि सहभागी हुने मन्त्री शर्माले जानकारी दिइन् ।