साङ्केतिक तस्बिर

देश/प्रदेश

कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प

By खबरहब

July 19, 2023

काठमाडौँ– कास्की जिल्लाको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।