देश/प्रदेश

भद्रकुमारी घले सेवा सदनमा महानगरकाे डोजर

By खबरहब

July 19, 2023

काठमाडौँ– काठमाडौं महानगरपालिकाले महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर लगाएको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज डोजर चलाएको हो । 

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि आज नगरप्रहरीले डोजर चलाएको हो ।

भद्रकुमारी घले सेवा सदनमा बस्दै आएका असहाय अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

सदनले ५ रोपनी १२ आना जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत सञ्चालन गर्दै आएको थियो ।