फोटो फिचर

महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको भवन (फोटोफिचर)

By खबरहब

July 19, 2023

काठमाडौं– काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ । 

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवनमा  बुधबार डोजर चलाएको हो ।

 यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो ।