फाइल फोटो

क्रिकेट

यूएई ‘ए’ माथि नेपालको जित

By खबरहब

July 19, 2023

काठमाडौँ–  एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ ।

बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं ओभरमा भेट्टाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा सर्वाधिक ७१ रन बनाउँदै प्लेयर अफ द म्याच भए भने देव खनाल र सन्दीप जोराले २४-२४ रन बनाए । यसैगरी नवौं ब्याटरको रुपमा आएका प्रतीश जीसीले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।