देश/प्रदेश

यात्रुवाहक बस भीरबाट खस्दा सातजना घाइते

By खबरहब

July 19, 2023

काठमाडौँ– काभ्रेको धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भीरबाटो खसेको छ।

 बा ४ ख ९३९६ नम्बरको यात्रुबाहक बस काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना सूर्यविनायक नगरपालिका- ९ स्थित साँगामा बुधबार दिउँसो अरनिको राजमार्गबाट तल खोँचमा खसेको हो ।

 उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ ।