अन्तर्राष्ट्रिय

ट्रम्पलाई विषाक्त पत्र पठाउने महिलालाई २२ वर्षको जेल सजाय

By खबरहब

August 19, 2023

वासिङ्गटन डीसी– अमेरिकाको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ।

सो घटनामा पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छिन् । ट्रम्पलाई मार्ने उद्देश्यले पत्र तयार पारेको र आफैँले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् ।

बीबीसीका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश निकाला गरिने छ । यदि उनी पुनः फर्किएमा आजीवन निगरानीको सामना गर्नुपर्नेछ। 

अदालतका न्यायाधीश फ्रेडरिकले फेरीयरलाई सजाय सुनाउँदै भने, ‘तपाइँको कार्य तपाइँ र समाजका लागि हानिकारक छ।’

दोषी पास्केल फेरीरसँग फ्रान्स र क्यानडाको दोहोरो नागरिकता रहेको समेत खुलेको छ। 

एफबीआईले ट्रम्पलाई राष्ट्रपतिको दौडबाट बाहिरिन आग्रह गरेको पत्रमा उनको औंठाछाप फेला पारेको थियो, जुन विषालु थियो ।