अन्तर्राष्ट्रिय

स्पेनकी राजकुमारी सेनामा भर्ना, राजा रानी भावुक

By खबरहब

August 19, 2023

म्याड्रिड– कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर देशकी राजकुमारी सेनामा भर्ना हुन आश्चर्यको विषय हो । स्पेनमा यस्तै भएको छ ।

स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएकी छिन् । जसका कारण विश्वभर यस विषयको चर्चा भइरहेको छ ।

दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्ध तालिममा सहभागी हुनेछिन् । राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।

लियोनरले तीन वर्ष सैन्य तालिम लिने निर्णय गरेकी छिन् । राजकुमारी लियोनर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्ध तालिमका लागि शाही बिदाइ गरिएको छ। राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । राजकुमारी लियोनरले आगामी तीन वर्षसम्म कडा सैन्य तालिम लिने बताइएको छ ।