ब्रेकिङ स्टोरी

भोलिदेखि संसद खुल्नेमा आशावादी छु : प्रधानमन्त्री

By खबरहब

August 19, 2023

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै एक महिनादेखि अवरुद्ध संसद भोलिदेखि हट्ने बताएका छन् ।

आज स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले पहल भइरहेका भोलिदेखि अवरोध हट्ने विश्वास व्यक्त गरे ।

उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे ।

उनले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरुलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै आउनु भयो र उहाँसँग कुरा भएको छ, आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ, भोलि सदन खुल्छ ।’