खेलकुद

ला लिगा : ग्रानाडामाथि जिरोनाको जित

By खबरहब

September 19, 2023

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा ग्रानाडामाथि जिरोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा ग्रानाडालाई ४–२ गोलले हराउँदै जिरोना विजयी भएको हो ।

जिरोनाका भिक्टर, साभियो र डेभिड लोपेजले एक–एक गोल गरेका थिए । ग्रानाडाका मियोर्टो उजीनी र लुकास बोएले गोल फर्काएका थिए ।

यो जितसँगै जिरोना १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने पराजित भएको ग्रानाडा ३ अंकसहित १८औँ स्थानमा छ ।