आर्थिक

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

September 19, 2023

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख १३ हजार र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।