सांकेतिक तस्वीर

देश/प्रदेश

कुटपिटबाट युवकको मृत्यु

By खबरहब

September 19, 2023

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गए राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो । झडपमा परी तीन जना घाइते भएका छन् । प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । 

उनीहरूको मेडिकल कलेजमा उपचार भइरहको छ ।