राजनीति

शिक्षकलाई वार्तामा आउन मन्त्री राईको आह्वान

By खबरहब

September 19, 2023

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन आह्वान गरेका छन् । प्रस्तावित शिक्षा विधेयकप्रति विरोध जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन मन्त्री राईले आह्वान गरेका हुन् । 

मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न प्रयत्न भइरहेको जनाउँदै वार्तामा आउन आह्वान गरेका हुन् । 

ऐन कानुनविना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने जिकिर गर्दै उनले वार्तामार्फत समस्या समाधान गरिने बताए । v