राजनीति

परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण स्वीकृत

By खबरहब

October 19, 2023

काठमाडौं– सरकारले परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले परराष्ट्रमन्त्रीको कार्त्तिक ८ गतेदेखि १६ गतेसम्म हुने भनिएको अमेरिकाको भ्रमण स्वीकृति भएको जानकारी दिइन्।